|
२०८२ चैत्र २६
काठमाडौं । प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको १३औँ दिनमा आज हाजिर जमानीमा छुटेका छन् ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख रमेश थापाका अनुसार नेता लेखकलाई अनुसन्धानका क्रममा आवश्यक परेका बेला उपस्थित हुने गरी थुनामुक्त गरिएको हो ।
गत चैत १४ गते पक्राउ परेका लेखकलाई सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै हिरासतमा राखिरहन आवश्यक नदेखिएको भन्दै रिहा गर्न आदेश दिएको थियो । सोही आदेश बमोजिम काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा उनलाई परिवारको जिम्मा लगाइएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्