|
२०८२ चैत्र २३
धनुषा – मधेस प्रदेशमा प्रतिकूल मौसम र किराको प्रकोपका कारण यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ। असिनापानी र हावाहुरीले किसानको लगानी डुबाएको र ऋण तिर्ने चिन्ता बढाएको छ।
कृषि ज्ञान केन्द्रका अधिकारी गणेश क्षेत्रीका अनुसार क्षतिको यकिन विवरण आउन बाँकी छ। स्थानीय किसानहरूले गुणस्तरीय बिउ, सिँचाइ र मलखादको अभावले उत्पादन घटेको बताउँदै समस्या समाधानका लागि सम्बन्धित निकाय मौन रहेको गुनासो गरेका छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्