काठमाडौँ । लगानी बोर्ड नेपालले लगानीकर्तालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले ‘लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क’ स्थापना गरेको छ । यो डेस्क एकल विन्दु सेवा केन्द्र सञ्चालनको प्रारम्भिक चरणअन्तर्गत सुरु गरिएको हो।
बोर्डका सहसचिव हेमराज तामाङ का अनुसार लगानीकर्तालाई थप सहज वातावरण प्रदान गर्न तथा सेवा प्रक्रियालाई सरल बनाउन यो पहल गरिएको हो । साथै, बोर्डले डिजिटल माध्यमबाट एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए ।
नयाँ स्थापना गरिएको डेस्कमार्फत लगानीकर्ताले लगानीसम्बन्धी जानकारी प्राप्त गर्न, आफ्ना समस्या प्रस्तुत गर्न र गुनासो दर्ता गर्न सक्नेछन्।
बोर्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सँग समन्वय गर्दै गुनासो सुनुवाइ प्रणालीलाई प्रभावकारी बनाउने योजना अघि बढाएको छ। यसअन्तर्गत मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने, एकल विन्दु सेवा केन्द्र स्थापनाको तयारी गर्ने, सम्बन्धित सरकारी निकायहरूसँग सहकार्य गर्ने तथा अनलाइन पोर्टल सञ्चालन गर्ने कार्यतालिका तय गरिएको छ।
यससँगै, एकल विन्दु सेवासम्बन्धी कार्यविधिको मस्यौदा स्वीकृतिका लागि पेश गर्ने र आवश्यक बजेट सुनिश्चित गर्ने योजना पनि बोर्डले अघि सारेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्