|
२०८२ चैत्र १९
काठमाण्डौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १९१ रनको लक्ष्य दिएको छ ।
वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको गण्डकी ४९ ओभरमा १९० रनमा अलआउट भएको हो ।
गण्डकीका लागि अर्जुन कुमालले ४४ र कप्तान विपिन खत्रीले ३० रन जोडे ।
सुदूरपश्चिमका लागि शेर मल्लले ५ विकेट लिए । उनले १० ओभरमा ४२ रन खर्चेर ५ विकेट लिए। सोक्रममा १ मेडेन ओभर पनि फाले । अशोक धामी र हेमन्त धामीले २–२ तथा मिलन बोहराले १ विकेट लिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्