परराष्ट्रमन्त्री खनाललाई रूसका परराष्ट्रमन्त्रीद्वारा बधाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १९

काठमाण्डौँ । रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

यहाँस्थित रुसी राजदूतावासका अनुुसार परराष्ट्रमन्त्री खनाललाई उनका रूसी समकक्षी लाभरोभले बुधबार एक शुभकामना सन्देश पठाएर बधाई ज्ञापनगरेका हुन् ।

दुई देशबीचको दीर्घकालीन सम्बन्धको चर्चा गर्दै उहाँले रूस र नेपालबीच परम्परागत रूपमा मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको सन्देशमा उल्लेख गरेका छन् । परराष्ट्रमन्त्री लाभारोभले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै दुवै देशका जनताको हितमा सहकार्य प्रवद्र्धन गर्न मन्त्री खनालसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू इच्छुक रहेको बताएका छन् ।

सन्देशमा रूसी परराष्ट्रमन्त्रीले परराष्ट्रमन्त्री खनालको सुस्वास्थ्य तथा कार्यकालको सफलताको कामना पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *