विपन्नका लागि निजी अस्पतालमा पूर्ण उपचार निःशुल्क

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १७

काठमाण्डौँ । सरकारले विपन्न, असहाय र बेवारिसे बिरामीलाई निजी अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने व्यवस्था ३० दिनभित्र देशभर लागू गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उक्त शय्यामा भर्ना भएका बिरामीले परामर्श, परीक्षण, औषधि तथा शल्यक्रियासहित सम्पूर्ण सेवा निःशुल्क पाउनुपर्नेछ। यसका लागि ‘फ्री हेल्थ पोर्टल’ सञ्चालनमा ल्याई पारदर्शी अनुगमन गरिनेछ ।

तर निजी अस्पतालहरूले भने स्पष्ट मापदण्डको अभाव देखाउँदै कार्यान्वयनमा कठिनाइ हुने बताएका छन् । उनीहरूले १० प्रतिशत सुविधा ओपीडीमा मात्र लागू हुने तर्क गर्दै आएका छन् ।

यसअघि अनुगमन कमजोर हुँदा कतिपय अस्पतालले झुटो विवरण बुझाउने तथा पहुँचवालाले सुविधा दुरुपयोग गर्ने समस्या देखिएको थियो ।

सरकारले यो व्यवस्था प्रभावकारी रूपमा लागू भए दैनिक ७ हजारभन्दा बढी विपन्न बिरामी लाभान्वित हुने विश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *