नव वर्ष उत्सवमा दराजले ल्यायो’ ७५ प्रतिशतसम्मको छुट र बम्पर उपहारको उत्साह

DaksuMedia दाक्सु मिडिया
|
चैत्र १६, २०८२

काठमाडौं । नेपालीहरूको नयाँ वर्ष २०८३ लाई थप उत्साहजनक बनाउन नेपालको अग्रणी अनलाइन सपिङ गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतिक्षित ४.४ नव वर्ष उत्सवु सार्वजनिक गरेको छ । नयाँ वर्षको आगमनसँगै ग्राहकहरूलाई विशेष सपिङ अनुभव प्रदान गर्ने उद्देश्यले दराजले चैत १५ गते यो अभियानको औपचारिक घोषणा गरेको हो ।

यस वर्षको ु४।४ नव वर्ष उत्सवु आगामी अप्रिल ३ (चैत २०) बेलुका ८ बजेदेखि सुरु भई अप्रिल १० (चैत २७) सम्म सञ्चालन हुनेछ । एक सातासम्म चल्ने यस सेल मेलामा ग्राहकहरूले ७५ प्रतिशतसम्मको आकर्षक मेगा छुट, निःशुल्क होम डेलिभरी र कुल ८३ लाख रुपैयाँ बराबरका विभिन्न भौचरहरू प्राप्त गर्न सक्नेछन् ।

नयाँ वर्षको अवसरमा दराजले विभिन्न श्रेणीका प्रमुख ब्राण्डहरूसँग सहकार्य गरेको छ। यस अन्तर्गत प्लेटिनम पार्टनरहरू चर्च एण्ड ड्वाइट, एन्कर, होन्सा, ब्राण्डहाउस, युनिलिभर र मिनिमलिस्टका उत्पादनमा ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

त्यस्तै, गोल्ड पार्टनरका रूपमा रहेका फोरया र एक्सएजका सामानमा ६० प्रतिशत तथा सिल्भर पार्टनरहरू नाइक, फ्यानटेक र पीसेफका उत्पादनमा ६५ प्रतिशतसम्मको विशेष छुटको व्यवस्था गरिएको छ । अभियान अवधिभर ग्राहकहरूले दैनिक फ्ल्यास सेल मार्फत पनि थप सहुलियत प्राप्त गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *