|
२०८२ चैत्र १५
काठमाण्डौँ । स्वास्थ्य बीमा कार्यक्रम धरासायी अवस्थामा छ । आर्थिक संकट चुलिएपछि कतिपय ठूला अस्पतालहरूले सेवा बन्द गरिसकेका छन् ।
सरकारकै मातहतमा रहेको वीर लगायत सरकारी अस्पतालले सेवा कैटाती गर्न थालेका छन् । जसका कारण गरिब, विपन्न वर्ग सेवा लिनबाट वञ्चित छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० झन्डै दुई तिहाई जनमत सहित सरकारमा गएपछि केही न केही सुधारका लागि नयाँ कार्यक्रम आउने मन्त्रालयका अधिकारीको बुझाइ थियो ।
शनिबार बालेन शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका १०० वटा कार्यसूची सार्वजानिक गर्यो ।
तर, स्वास्थ्य क्षेत्रमा यतिबेला महत्त्वपूर्ण मानिएको स्वास्थ्य बीमा कार्यक्रम भने सरकारको प्राथमिकतामा पर्न सकेन ।
बीमा बोर्डका एक अधिकारी अनुसार स्वास्थ्य बीमा बन्द हुने अवस्थामा पुगिसकेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्