मकवानपुरमा दुई सातादेखि बेपत्ता एक व्यक्ति मृत फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १५

काठमाण्डौँ । विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१ वर्षीय कामीसिंह थिङ मृतावस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार थिङको शव जिल्लाको मनहरी–७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत ठूलो खोल्सी क्षेत्रमा शनिबार साँझ फेला परेको हो ।

लामो समयदेखि मानसिक समस्या भोग्दै आएका थिङ गत गत फागुन २९ गते घरबाट बेपत्ता भएको जनाउँदै परिवारजनले खोजतलाशका लागि प्रहरीमा निवेदन दिएका थिए ।

थिङको खोजतलास गर्ने क्रममा सडेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *