सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न संघको माग

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ११

काठमाडौँ । अखिल नेपाल सुकुमबासी संघले सुकुमबासी वस्तीहरूमा डोजर लगाएर आतंक सिर्जना गर्न बन्द गर्न माग गरेको छ ।

संघले बुधबार पत्रकार सम्मेलन गरी सुकुमबासी बस्तीहरूमा डोजर लगाउन तत्काल बन्द गर्न माग गरेको हो ।

सरकारले कानुनी रूपमा भूमिहीन, अव्यवस्थित, सुकमबासी समस्या समाधान गर्नुपर्नेमा उल्टो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुमबासी बस्तीहरूमा डोजर लगाएर आतंक सिर्जना गरेको संघको आरोप छ ।

अखिल नेपाल सुकुमबासी संघका इन्चार्ज नरेन्द्र खड्काले काठमाडौंको टोखा नगरपालिका वडा ७ मा रहेको धापासीको सुकमबासी बस्तीमा रहेको १८ घरमा चैत ९ गते डोजर चलाइएको बताए । त्यसअघि काठमाडौंको सिफलमा र भक्तपुरमा रहेको सुकुमबासी बस्तीमा पनि डोजर चलाइएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *