काठमाडौँ । एनएमबि बैङ्कले ग्लोबल मनी विक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ ।
युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैङ्कले आफ्ना शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदाय स्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमका क्रममा सहभागीहरूलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैङ्किङको सुरक्षित प्रयोग तथा दीर्घकालीन वित्तीय योजना सम्बन्धी जानकारी प्रदान गरिएको थियो । बैङ्कद्वारा सञ्चालन गरिएका वित्तीय साक्षरता कार्यक्रममार्फत ४,००० भन्दा बढी सहभागीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
ग्लोबल मनी विक २०२६ को अवसरमा बैङ्कले देशका विभिन्न स्थानहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभात फेरी तथा जनचेतनामूलक र्यालीहरू पनि आयोजना गरेको छ । साथै बैङ्कले सामाजिक सञ्जालमार्फत वित्तीय सचेतना सम्बन्धी विभिन्न जानकारीमूलक सामग्रीहरू समेत साझा गरेको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्