|
चैत्र ११, २०८२
काठमाण्डौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य भारी वृद्धि भएको छ । पछिल्लो केहीदिन सुनको मूल्य निरन्तर घट्दै आएपनि बुधबार भने बढेर कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्यमा एकैदिन १४ हजार ६०० रुपैयाँ वृद्धि भई तोलामा २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको हो । यसअघि मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार प्रति १० ग्राम २ लाख ३४ हजार ८ सय २५ रुपैयाँ रहेको सुनको मूल्य आज बढेर २ लाख ४७ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ । सुनसँगै चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ । आज ४ सय १५ रुपैयाँले बढेर ४ हजार ९ सय २० रुपैयाँ पुगेको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्