साम्बाको घुँडाको सफल शल्यक्रिया, अब पुनर्स्थापनातर्फ ध्यान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ११

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को न्युजिल्यान्डको अकल्यान्डमा सफल शल्यक्रिया सम्पन्न भएको छ। उनले सामाजिक सञ्जालमार्फत शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै अब पुनर्स्थापना (रिह्याब) प्रक्रिया सुरु गर्ने बताएकी छन्।

Wellington Phoenix बाट खेल्दै आएकी साम्बा तीन महिनाअघि खेलका क्रममा घाइते भएकी थिइन्। एमआरआई परीक्षणपछि उनको दायाँ घुँडाको एसीएल (ACL) ग्राफ्ट च्यातिएको पुष्टि भएको थियो, जसका कारण उनी लामो समयसम्म मैदान बाहिर रहनेछिन्।

उपचारका लागि आवश्यक रकम जुटाउन उनले सहयोगको अपिल गरेकी थिइन्, जसमा देश तथा विदेशबाट उल्लेखनीय सहयोग प्राप्त भयो। अब उनी पूर्ण रूपमा फिट भएर पुनः मैदानमा फर्किने लक्ष्यसहित पुनर्स्थापनामा केन्द्रित हुने बताएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *