कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा ६६ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १०

काठमाडौं । कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् ।

बीबीसीले अधिकारीहरूको अवाला दिँदै दुर्घटनामा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको र दर्जनौं मानिसहरू घाइते भएका समाचारमा उल्लेख गरेको छ ।

वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाले विमानमा सेनाका ११४ जवान र ११ चालक दलका सदस्यहरू सवार रहेका बताएका छन् ।

दुर्घटनामा परेको विमान अमेरिकामा निर्मित सी–१३० हरक्युलस विमान हो । यसको प्रयोग सैनिकहरूलाई आहोर–दोहोरमा हुँदै आएको थियो ।

विमान पुटुमायो प्रान्तको प्युर्तो लेगुइजामो सहर नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *