प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै, बागमती र गण्डकी तथा एपीएफ र नेपाल पुलिस भिड्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १०

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेबाट सुरु भएको खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो खेलमा एपीएफसँग पराजित बागमती आज पहिलो जितको खोजीमा रहँदा गण्डकी विजयी सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिँदैछ।

यस्तै अर्को खेल बिहान ९ बजे नै मुलपानी क्रिकेट मैदानमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।

एपीएफ लगातार दोस्रो जितको लक्ष्यमा छ भने पहिलो खेलमा त्रिभुवन आर्मीसँग पराजित भएको पुलिस क्लब आज पहिलो जितको खोजीमा हुनेछ ।

यसअघि हिजो भएका खेलमा लुम्बिनी प्रदेशले कोशी र सुदूरपश्चिमले कर्णाली प्रदेश विरुद्ध प्रभावशाली जित निकालेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *