साफ यू–२० मा नेपालको शानदार सुरुवात, भुटानमाथि २–१ को जित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १०

काठमाडौं – साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले विजयी सुरुवात गरेको छ। माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई २–१ ले हरायो।

खेलको सुरुवातमै नेपाल आक्रामक देखियो। पाँचौं मिनेटमा सुजन डंगोलले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि १४औं मिनेटमा भुटानका खेलाडी थिन्ले एजर दोहोरो पहेँलो कार्ड पाएपछि बाहिरिँदा उनीहरू १० खेलाडीमा सीमित भए।

दोस्रो हाफमा पनि नेपालले दबाब कायम राख्दै ५२औं मिनेटमा सुबास बममार्फत अर्को गोल थप्यो। भुटानका लागि ८३औं मिनेटमा ढेन्डुप गेल्टशेनले एक गोल फर्काए पनि खेल नेपालले आफ्नो पक्षमा पार्‍यो।

यस जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण ३ अंक जोडेको छ। अब नेपालले आफ्नो अर्को खेल श्रीलंकासँग खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *