शनिबारदेखि कपिलवस्तुमा लागेको निषेधाज्ञा अझै जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ९

काठमाडौं । कपिलवस्तुमा लगाइएको निषेधाज्ञा तीन दिन बित्दा पनि जारी छ ।

कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा दुई समुदायबीच झडप रोक्न जिल्ला प्रशासनले ७ चैतमा निषेधाज्ञा जारी गरेको थियो । उक्त निषेधाज्ञा अझै कायम रहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले जानकारी दिए ।

उनका अनुसार भोलिसम्मका निषेधाज्ञा हट्न सम्भावना रहेको छ । मन्दिरमा भजन गाउँदा तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव सिर्जना भएको थियो । सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निषेधाज्ञा जारी गरेको हो ।

तोडफोड गरेको आरोपमा तीन जनालाई पक्राउ समेत गरिएको घिमिरेले बताए । उनीहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । तर उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

राम नवमीको अवसरमा हिन्दू धर्मावलम्बीहरुले मन्दिरमा तथा इदको अवसरमा मुस्लिम समुदायले मस्जिदमा नवाज पढ्दै गर्दा दुवैतर्फबाट माइकको आवाज चर्को भएको विषयमा विवाद र झडप भएको थियो ।

झडपका क्रममा ढुंगा प्रहार भएको र ५ जना सामान्य घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *