|
२०८२ चैत्र ९
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।
आज जनकपुरमा कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। यी दुवै टोलीले समान १–१ खेलबाट १–१ अंक जोडेका छन् । उद्घाटन खेल वर्षाले रोकिँदा शनिबार कोशी प्रदेशले मधेशसँग अंक बाँडेको थियो भने सोही दिन कर्णालीसँगको खेल पनि प्रभावित हुँदा लुम्बिनीले पनि एक अंक जोडेको थियो ।
आजै अर्को खेल वीरगंज रंगशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुँदैछ।
यसअघि हिजो भएका खेलमा त्रिभुवन आर्मीले पुलिस क्लबलाई २२ रनले पराजित गर्दा एपीएफले बागमती प्रदेशविरुद्ध ७१ रनको फराकिलो जित हासिल गरेको थियो ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्