नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ९

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ६ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको साढे २ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले २ लाख ५३ हजार ३६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले हाल उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । सेयर किन्न इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर र सोको रकम समेत खुलाएर काठमाडौंको कमलादीस्थित बैंकको सेयर रजिष्ट्रारको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा वा सम्पूर्ण सेयर बिक्री नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने पनि बैंकले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *