पश्चिम एसियामा जारी द्वन्द्वका कारण इन्धनको मूल्य बढेपछि पिसिएल खाली स्टेडियममा आयोजना गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ९

काठमाण्डौँ । इन्धनको मूल्य बढेकाले पाकिस्तान टी ट्वान्टी प्रिमियर लिग (पिसिएल) खाली स्टेडियममा आयोजना गरिने भएको छ।

पाकिस्तान सुपर लिग (पिसिएल) को यस संस्करण ६ वटा सहरमा आयोजना हुने तयारीमा थियो तर अब लाहोर र कराचीमा मात्र खेल आयोजना हुने पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का शीर्ष अधिकारीले जानकारी दिएका छन् ।

पिसिएलको उद्घाटन आगामी बिहीबार गद्दाफी स्टेडियममा आयोजना हुनेछ। अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि पाकिस्तानमा इन्धनको मूल्य अकासिँदै छ। मध्यपूर्वी क्षेत्रमा फैलिएको द्वन्द्वका कारण इन्धन मूल्य थप बढ्न सक्ने अनुमान छ । इन्धनको मूल्य बढेसँगै पाकिस्तान सरकारले आफ्ना नागरिकलाई आवतजावत सीमित गर्न आग्रह गरेको छ। पिसिबीका अध्यक्ष मोहसिन नक्भीले यो युद्ध कति समयसम्म चल्छ भन्ने यकिन नभएको उल्लेख गरेका छन् ।

नक्भीले बिक्री भएका सबै टिकटको रकम ७२ घण्टाभित्र पिसिबीले फिर्ता गर्ने र गेट आम्दानीबाट हुने घाटाको क्षतिपूर्ति फ्रेन्चाइज मालिकहरूलाई दिने जानकारी दिए। नक्भीले रावलपिन्डी, फैसलाबाद, मुल्तान र पेसावर गरी यी चार सहरका समर्थकसँग माफी पनि मागेका छन्, जहाँ यस सिजन पिएसएलका खेलहरू आयोजना नहुनेछन् ।

नक्भीले यो निर्णय लिनुअघि पाकिस्तानका प्रधानमन्त्री तथा पिसिबीका संरक्षक सेहबाज सरिफले आठवटै फ्रेन्चाइजसँग परामर्श गरेको बताए । त्यो छलफलमा खेल हुने मैदानको संख्या घटाइएको र खाली मैदानमा आयोजना गर्ने निर्णय भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *