ं
काठमाण्डौँ । आइतबार सेयर बजार ५४.५१ अंक बढेको छ । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३१ अंकमा कायम भएको छ । यो अंक करिब ८ महिनायताकै उच्च हो । गत बिहीबार ६४ अंकले नेप्से बढेको थियो । त्यस्तै कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन २१ अर्ब २२ करोडको कारोबार भएकोमा आज २३ अर्ब ५९ करोडको भयो । यो कारोबार रकम पनि गत साउन ११ गतेयताकै उच्च हो ।
१८३ कम्पनीको मूल्य बढ्दा ७३ को घट्यो भने ८ को स्थिर रह्यो । व्यापार बाहेक सबै समूहका सूचक बढे । व्यापार समूह ०.११ प्रतिशत घट्यो । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ४.२१ प्रतिशत बढ्यो ।
बैंकिङ २.४९, विकास बैंक २.४६, फाइनान्स २.१३, होटल तथा पर्यटन ३.०५, हाइड्रोपावर ०.३३, लगानी ०.७७, जीवन बीमा २.००, उत्पादन तथा प्रशोधन १.९३, निर्जीवन बीमा २.७२ तथा अन्य समूह १.७१ प्रतिशत बढेका छन् ।
१० कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्