बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ सोस्ने तयारीमा केन्द्रीय बैंक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ८

काठमाडौँ, चैत ८ — बैंकिङ क्षेत्रमा अत्यधिक तरलता देखिएको भन्दै नेपाल राष्ट्र बैंकले आइतबार प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्ने निर्णय गरेको छ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ। यसमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँदेखि माथि रकम प्रस्ताव गर्न सक्नेछन् भने बोलकबोल ५ करोड रुपैयाँले भाग लाग्ने गरी गर्नुपर्ने व्यवस्था गरिएको छ।

बोलकबोल ब्याजदरका आधारमा हुनेछ र बहुब्याजदरमा समेत प्रस्ताव पेश गर्न सकिनेछ। केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई मात्र यस प्रक्रियामा सहभागी हुन अनुमति दिएको जनाएको छ।यस निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी चैत २२ गते हुने राष्ट्र बैंकले जानकारी दिएको छ।

बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पछिल्लो समय यस्ता उपकरण प्रयोग गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *