कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न रक्षा बमको पुनः माग

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ७

काठमाडौं, ७ चैत । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग पुनः आग्रह गरेकी छन्।

आयोगले प्रतिवेदन बुझाइसकेको भए पनि सार्वजनिक नगरिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीसँग चासो व्यक्त गरेकी हुन्।

बमले आन्दोलनका घटनाबारे सत्य बाहिर ल्याउनुपर्ने बताउँदै आफूविरुद्ध उठेका आरोपबारे स्पष्ट हुन प्रतिवेदन आवश्यक रहेको उल्लेख गरेकी छन्। साथै, शान्तिपूर्ण आन्दोलन कसरी हिंसात्मक भयो भन्ने प्रश्नको जवाफ पनि प्रतिवेदनमार्फत् खोजेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *