नयाँ दिल्लीमा यूएनआई कार्यालय बन्द, पत्रकारितामाथि प्रश्न

DaksuMedia दाक्सु मिडिया
|
चैत्र ७, २०८२

काठमाडौं, ७ चैत । भारतको राजधानी नयाँ दिल्लीमा रहेको युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय प्रहरीले बन्द गराएको छ। उच्च अदालतको आदेश भन्दै शुक्रबार कार्यालय ‘सिल’ गरिएको हो।

पीटीआईका अनुसार लिज अवधि सकिएको भन्दै सरकारी अधिकारी र सुरक्षाकर्मीले कर्मचारीलाई तत्काल बाहिर निकालेर कार्यालय नियन्त्रणमा लिएका हुन्। घटनाका क्रममा पत्रकार तथा कर्मचारीलाई आफ्ना सामानसमेत लिन नदिएको र दुर्व्यवहार गरिएको आरोप यूएनआईले लगाएको छ।

घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी उपस्थित देखिन्छन्। यस घटनाले भारतमा प्रेस स्वतन्त्रतामाथि गम्भीर चिन्ता उठाएको प्रतिक्रिया विभिन्न सञ्चारमाध्यमहरूले दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *