हिमपातको असर: माथिल्लो मुस्ताङ अन्धकारमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ७

मुस्ताङ — लगातार परेको हिमपात र वर्षाका कारण माथिल्लो मुस्ताङ का विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ।

शुक्रबार दिउँसोदेखि सुरु भएको खराब मौसमले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा विद्युत् प्रसारण लाइनमा समस्या उत्पन्न हुँदा सेवा बन्द भएको हो।

प्राविधिक रूपमा ११ केभी लाइनमा समस्या देखिएको बताइएको छ। मौसममा सुधार आएपछि मर्मत टोली परिचालन गरी सेवा पुनः सञ्चालन गरिने सम्बन्धित निकायले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *