|
२०८२ चैत्र ५
काठमाण्डौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भनिएका खेलहरु तल्लो मूलपानी क्रिकेट मैदानमा सारिएको छ । प्रतियोगिता चैत ७ गतेबाट सुरु हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै आईसीसी मेन्स विश्वकप क्रिकेट लिग २ का तयारीका लागि टीयू मैदानको स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले प्रधानमन्त्री कपअन्तर्गत टीयू मैदानमा हुने खेल तल्लो मैदानमा सारिएको जनाएको हो ।
यसअघि पश्चिम एसिया द्धन्दका कारण लिग २ अन्तर्गत नेपाल, ओमान र युएईसम्मिलित त्रिकोणात्मक सिरिज अनिश्चत समयका लागि स्थगित भएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्