प्रधानमन्त्री कार्कीद्धारा काठमाडौं प्रशासनको सेवा प्रवाह निरीक्षण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको अवस्थाको निरीक्षण गरेकी छन् ।

बबरमहलस्थित कार्यालय पुगेर कार्कीले सेवा प्रवाहमा अपनाइएको सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक अनाउन्समेन्ट सिस्टम) बारे जानकारी लिइन् ।

काठमाडौंका सीडीओ ईश्वरराज पौडेलले सेवालाई छिटो(छरितो र झन्झटरहित ढंगले प्रवाह गर्न सूचना प्रविधिमा आधारित प्रणाली लागू गरिरहेको जानकारी गराए ।

टोकन प्रणाली लागू गरिएपछि गुनासो शून्य भएको र बिचौलियाको भूमिका पनि समाप्त भएको उनको भनाइ थियो ।

दैनिक सरदर एक हजार सेवाग्राही आउने यस कार्यालयका प्रत्येक काउन्टर र शाखाको सीसीटीभीबाट अनुगमनको व्यवस्था मिलाइएको साथै सेवाग्राहीलाई वाईफाई, तातोपानी र चिसो पानीको व्यवस्था मिलाइएको पौडेलले जानकारी गराए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *