दीपेन्द्र सिंह ऐरी टी–२० अलराउन्डर वरियतामा लागातार तेश्रो पटक चौथौ स्थानमा याथावत्

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २७

काठमाण्डौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा चौथो स्थानमै यथावत् रहेका छन् । आईसीसीले हिजोसम्मको अपडेट राखी आज अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र लगातार तेस्रो हप्ता पनि चौथोमै रहेका हुन् ।

आइतवार सम्पन्न आईसीसी टी–२० विश्वकपको समूह चरणमा गरेको प्रदर्शनपछि तीन हप्ताअघि दीपेन्द्रको वरियता सुधार भएर छैटौंबाट चौथोमा उक्लिएका थिए । दीपेन्द्रले टी–२० विश्वकपमा नेपालका लागि सबैभन्दा धेरै १ सय ६९ रन बनाएका थिए ।

बलिङमा २ विकेट लिए । त्यही प्रदर्शनबाट दीपेन्द्रको रेटिङ अङ्क बढेर अहिलेसम्मकै उच्च २ सय ४४ पुगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *