|
२०८२ फाल्गुन २२
काठमाण्डौँ । प्युठान क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । जारी मतगणनाको पछिल्लो विवरण अनुसार, नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेलले १ हजार ९ सय ८४ मतसहित अग्रता लिएका हुन् ।
दोस्रोमा भने रास्वपाका उम्मेदवार सुशान्त वैदिक छन् । उनले १ हजार ४०५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसी ४३९ मतसहित तेस्रो र नेकपा एमालेका सूर्यबहादुर थापा क्षेत्री ३६४ मतसहित चौथो स्थानमा छन् ।
नेकपाका उम्मेदवार कृष्णधोज खड्काले एमाले उम्मेदवार थापाभन्दा १ मतमात्रै कम पाएका छन् । उनले ३६३ मत ल्याएका हुन् ।
मतगणना जारी छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्