गृहमन्त्री अर्यालले गरे सानेपाबाट मतदान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २१

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरबाट आफ्नो मताधिकार प्रयोग गरेका छन् । उनले ललितपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत ललितपुर महानगरपालिकास्थित सानेपामा रहेको टीका विद्याश्रम माध्यमिक विद्यालय मतदान केन्द्र पुगेर बिहान मतदान गरेका हुन् ।

निर्वाचनको सुरक्षा कमान्ड सम्हालिरहेका गृहमन्त्री अर्याल मतदान केन्द्रमा पुग्दा स्थानीय मतदाताहरूमा उत्साह देखिएको थियो ।

मतदानपछि गृहमन्त्री अर्यालले सञ्चारकर्मीहरूसँग देशभर शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको जानकारी दिए । सरकारले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन देशभर कडा सुरक्षा व्यवस्था मिलाएको दाबी गर्दै गृहमन्त्री अर्यालले सुरक्षा निकायहरूले उच्च सतर्कताका साथ काम गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *