मोरङमा मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परे

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन २०, २०८२

काठमाण्डौँ । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग) मतदान केन्द्रमा खटिएका नेपाल विद्युत् प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी (सहायक पाँचौँ तह) रंजित सिवालाई प्रहरीले पक्राउ गरेको हो ।

रंगेली नगरपालिका वडा नम्बर २ बस्ने ३७ वर्षिय सिवाले मतदान अधिकृत तथा अन्य कर्मचारीहरूसँग झै–झगडा तथा गालीगलौज गरी निर्वाचन प्रक्रियामा असहयोग गरेकोले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं सूचना अधिकारी हरिनन्दन चौधरीले बताए ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले सिवालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ। भोलि प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *