काठमाण्डौँ । विहिबार हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली कारागारका ४५ जना कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएका छन् ।
कारागारमा रहेका ३ सय ८३ जना कैदीबन्दीमध्ये ४५ जनाले मात्र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् । उनीहरुले कारागारभित्र राखिएको अस्थायी मतदान केन्द्रमा मतदान गर्नेछन् ।
मतदाता नामावलीमा नाम दर्ता नगरेका कारण अन्य कैदीबन्दीले मतदान गर्न नपाउने भएका हुन् । जेनजी आन्दोलनमा कारागार तोडफोड र आगजनी गरि भागेका कैदीबन्दीहरुमध्ये अधिकांशको मतदाता नामावलीमा नै नाम नभएको पाईएको छ । ११ जना विदेशी नागरिक बाहेक यो कारागारमा सबै नेपाली नागरिक भए पनि मतदानमा भने सहभागि हुन पाउने छैनन् ।
सिन्धुली कारागारबाट भागेकामध्ये ३ सय ७० जना कैदीबन्दी कारागार फर्कि सकेका छन् । ती मध्ये अधिकांशको मतदाता नामावलीमा नाम नै छैन । कारागारबाट भागेका ४ सय ७६ कैदीबन्दीमध्ये ९८ जना पुरुष, ३ जना महिला र ५ जना विदेशी गरि १०६ जना कैदीबन्दी अझै कारागार बाहिर छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्