बागलुङको दुई वटै मत गणनास्थलमा तारजाली र सिसी क्यामरा जडान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २०

काठमाण्डौँ । बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणनाका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रका लागि तारजाली र सिसी क्यामरासहितको मत गणनास्थल तयार पारेको छ ।

क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको सभाहल र क्षेत्र नम्बर २ को नयाँ सहर आयोजना कार्यालय कुत्थाप्लामा मत गणनास्थल निर्माण गरिएको ।

मत गणनालाई व्यवस्थित, छिटो र सुरक्षित तवरले सम्पन्न गर्न मत गणनास्थललाई तारजाली, सिसी टिभी जडान गरिएको मुख्निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिइन् । गणनास्थलमा सिसी क्यामेरासहित सुरक्षाको प्रबन्ध मिलाइएको उनको भनाइ छ । मत गणनास्थलमा बाहिरबाट कोही पनि भित्र पस्न नसकुन् भनेर तारजाली लगाइएको अधिकारीले बताइन् ।

तारजाली भित्र मत गणक कर्मचारी बस्ने र पारदर्शी तारजाली बाहिरबाट उम्मेदवारका प्रतिनिधिले हेर्ने व्यवस्था मिलाइएको छ । मत गणनामा बस्ने उम्मेदवारका प्रतिनिधिहरूले फलामे तारजालीबाट मतगणना हेर्न मिल्ने छ ।

मुख्य निर्वाचन अधिकृत अधिकारीले भनिन्– ‘जिल्लको दुई वटा क्षेत्रमा मत गणना हुनेछ । त्यसका लागि क्षेत्र नम्बर १ को जिल्ला समन्वय समितिको सभा हल र क्षेत्र नम्बर २ को नयाँ सहर आयोजनाको कार्यालयमा गणना हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *