ललितपुरमा दुई अस्थायी मतदान केन्द्र तोकियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २०

काठमाण्डौँ । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरका दुई स्थानमा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका ललितपुरका अनुसार निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले सामानुपातिकतर्फको मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गर्दै नख्खु कारागार र नमूना मच्छेन्द्र माध्यामिक विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको हो ।

ललितपुरमा २ हजार ४९ जना अस्थायी मतदाता कायम भएका छन् । निर्वाचनमा खटिएका कर्मचारीले भने सम्बन्धित मतदान केन्द्रमा नै मतदान गर्न पाउनेछन् ।

नख्खु कारागारमा रहेका कैदीबन्दी, त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीले सोही स्थानबाट मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगको निर्देशिकाअनुसार अस्थायी मतदातालाई समानुपातिकतर्फ मात्र मतदानको अधिकार रहने व्यवस्था छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ललितपुरमा २ लाख ६९ हजार २५६ मतदाता छन् । जिल्लाभर १३१ मतदानस्थल तथा ३१८ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *