सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १९

काठमाण्डौँ । सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला परेको छ ।

भेरीगंगा नगरपालिका-१० राताचौरस्थित छिन्चु-जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको हो ।

सडक छेउमा रातो प्लाष्टिकले बेरिएको प्रेसर कुकरमा ‘खतरा’ लेखिएको अवस्थामा संकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक प्रकाश के।सीले जानकारी दिए ।

प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित घेरामा राख्दै सर्वसाधारणको आवतजावतमा रोक लगाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।

शंकास्पद वस्तुको प्रकृति पहिचान गर्न नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीको भनाइ छ । सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर आवश्यक जाँच तथा निष्क्रिय पार्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनायको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *