काठमाडौं — नेपाली बजारमा यस साता सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार साताभरिमा प्रतितोला ४ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो।
फागुन १० गते आइतबार प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको अन्तिम कारोबार दिन फागुन १५ गते शुक्रबार आइपुग्दा ३ लाख १४ हजार ९ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।
साताको सुरुआतपछि मूल्य क्रमशः उकालो लाग्दै गयो। सोमबार प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ पुगेको सुन मंगलबार ३ लाख १४ हजार ८ सयमा कारोबार भयो। बुधबार भने सोही मूल्यमा स्थिर रह्यो। त्यसपछि बिहीबार मूल्य थप बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँसम्म पुगे पनि शुक्रबार सामान्य घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा झर्यो।
साप्ताहिक समग्र अवस्थालाई हेर्दा सुनको बजार निरन्तर उकालो प्रवृत्तिमा देखिएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव र माग–आपूर्तिको अवस्थाका कारण मूल्यमा यस्तो वृद्धि देखिएको व्यवसायीहरू बताउँछन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्