|
२०८२ फाल्गुन १५
काठमाडौँ, फागुन १५ — नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।
युरो एकको खरिददर १७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०३ पैसा तथा पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३७ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर १०३ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर १०६ रुपैयाँ १० पैसा र सिङ्गापुर डलर ११४ रुपैयाँ ८७ पैसा (खरिददर) कायम गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आवश्यकताअनुसार विनिमयदर संशोधन गर्न सकिने पनि बैंकले स्पष्ट पारेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्