धरान एयरपोर्टका नाममा रोक्का जग्गा फुकुवा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १३

काठमाण्डौँ । हर्कराज साम्पाङ राई नेतृत्वमा धरान–१७ डाँडाघोपामा एयरपोर्ट निर्माणका नाममा रोक्का गरिएको जग्गा फुकुवा गरिएको छ । करिब अढाइ वर्षदेखि पाँच सयभन्दा बढी घरपरिवार प्रभावित बनेका थिए ।

डाँडाघोपामा एयरपोर्ट बनाउने भन्दै २०८० भदौ ११ गते जग्गा बिक्री–वितरण सिफारिस रोक्का गर्ने निर्णय गरिएको थियो । पछि एयरपोर्ट नबन्ने स्पष्ट भए पनि रोक्का हटाइएको थिएन ।

कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले स्थानीयको मागपछि यति इन्कर्पोरेट प्रालिको नाममा रहेको ६ विघा बाहेक अन्य सबै जग्गा फुकुवा गरिएको जानकारी दिए । निर्णयको पत्र वडा कार्यालय, मालपोत र नापी कार्यालयमा पठाइसकिएको छ ।

नागरिक उड्डयन प्राधिकरणले प्राविधिक रूपमा डाँडाघोपामा एयरपोर्ट सम्भव नभएको निष्कर्ष निकालेपछि जग्गा फुकुवा गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *