आजको ग्रहस्थितिः नयाँ ऊर्जा र नयाँ सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १३

मेष

शिक्षा तथा ज्ञानका क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। सरकारी वा कानुनी विषय टुंगो लाग्ने सम्भावना छ। पेशागत जीवनमा तपाईंको दक्षताको प्रशंसा हुनेछ।
शुभ रंग: सेतो | शुभ अंक: ८

वृष

जग्गा–जमिन वा सम्पत्ति सम्बन्धी विवाद समाधानतर्फ उन्मुख हुनेछ। लक्ष्य प्राप्तिको खुसीले मन प्रफुल्लित रहनेछ। धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ।
शुभ रंग: पहेंलो | शुभ अंक: ४

मिथुन

काममा सानोतिनो अवरोध आउन सक्छ, धैर्यता आवश्यक छ। परिवारका सदस्यको स्वास्थ्यप्रति चिन्ता बढ्न सक्छ। अनावश्यक दौडधुप हुनसक्छ।
शुभ रंग: बैजनी | शुभ अंक: १

कर्कट

महत्त्वाकांक्षी योजना सफल बन्ने संकेत देखिन्छ। व्यापार विस्तारका लागि नयाँ रणनीति बन्नेछ। उच्च पदाधिकारीबाट सहयोग प्राप्त हुनेछ।
शुभ रंग: सुन्तला | शुभ अंक: ६

सिंह

कार्यक्षेत्रमा सहकर्मीहरूको राम्रो साथ मिल्नेछ। आर्थिक अवस्था सुदृढ हुनेछ। पितृसहयोगले महत्वपूर्ण काम सम्पन्न हुनेछ।
शुभ रंग: हरियो | शुभ अंक: ४

कन्या

रुचिकर खानपान र रमाइलो भेटघाटको अवसर मिल्नेछ। व्यापारिक लगानीका लागि समय अनुकूल छ। संयमता र शालीन व्यवहारले फाइदा पुग्नेछ।
शुभ रंग: केशरी | शुभ अंक: २

तुला

विशेष कार्यका कारण खर्च बढ्न सक्छ। अरूको भरमा काम अधुरो नराख्नुहोस्। सकारात्मक सोचले सफलता दिलाउनेछ।
शुभ रंग: आकाशी | शुभ अंक: ४

वृश्चिक

समयले साथ दिनेछ। आकस्मिक लाभको योग छ। दाम्पत्य जीवन सुमधुर रहनेछ र व्यवसायमा जीवनसाथीको साथ मिल्नेछ।
शुभ रंग: रातो | शुभ अंक: ५

धनु

व्यस्तता बढ्ने संकेत छ, कामलाई प्राथमिकता दिनु आवश्यक छ। नयाँ लगानी वा जोखिम लिन हतार नगर्नुहोस्। प्रेम सम्बन्ध मधुर रहनेछ।
शुभ रंग: पहेंलो | शुभ अंक: ८

मकर

अध्ययनमा एकाग्रता बढ्नेछ। धार्मिक तथा आध्यात्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। लेखन तथा साहित्य क्षेत्रमा रुचि बढ्नेछ।
शुभ रंग: खैरो | शुभ अंक: ८

कुम्भ

सामाजिक कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ। आर्थिक व्यवस्थापनमा सजग रहनु उपयुक्त हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ।
शुभ रंग: निलो | शुभ अंक: ३

मीन

कार्य क्षेत्रमा सक्रियता बढ्नेछ। व्यापारमा नयाँ आम्दानीका स्रोत पहिचान हुनेछन्। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ।
शुभ रंग: कलेजी | शुभ अंक: २

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *