दुर्गा प्रसाईँ अदालतको आदेशपछि पनि रिहा भएनन्

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १२

काठमाण्डौँ । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ आज हिरासतमुक्त भएनन् ।

मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोज कुमार शर्मा र मेघराज पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै प्रसाईँलाई रिहा गर्न आदेश दिएको थियो । तर, जिल्ला प्रहरी परिसर काठमाडौँले कानूनी प्रक्रिया पूरा गर्न बाँकी रहेको भन्दै उनलाई आज रिहा नगर्ने निर्णय गरेको हो ।

प्रहरीले मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा १५ अनुसार रिहाइका लागि सरकारी वकिलको कार्यालयसँग सहमति लिनुपर्ने र कार्यालय समय सकिएकाले आज प्रक्रिया अघि बढ्न नसकेको बताएको छ।

काठमाडौँ प्रहरीका एसएसपी रमेश थापाका अनुसार, भोलि (बुधबार) सरकारी वकिलको सहमति लिएर मात्र उनलाई रिहा गरिनेछ।
प्रसाईँलाई फागुन ४ गते सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको थियो। यता, अदालतको आदेश भए पनि प्रहरीले हिरासतमा नै राखेपछि प्रसाईँको सचिवालयले कडा आपत्ति जनाएको छ।

सचिवालयले ुके प्रहरी कानूनभन्दा माथि छ । भन्दै न्यायको निर्णय तुरुन्त कार्यान्वयन हुनुपर्ने माग गरेको छ। उनी हाल भद्रकालीस्थित प्रहरी हिरासतमा छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *