|
२०८२ फाल्गुन १२
काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन सबै वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्।
दोलखाका केही नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले २०७४ मा बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता टिक्न नसकेको स्मरण गरे। नेतृत्वको कमजोरीका कारण विभाजन भए पनि उद्देश्य सही रहेको उनको भनाइ थियो।
आगामी निर्वाचनलाई ध्यानमा राख्दै उनले वाम शक्तिहरूबीच नयाँ ध्रुवीकरण भइरहेको दाबी गरे र आफ्नो पार्टी निर्णायक भूमिकामा रहने विश्वास व्यक्त गरे।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्