नेपाली महिला राष्ट्रिय फुटबल टोलीले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १२

काठमाण्डौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिज २०२६ अन्तर्गत थाइल्यान्डमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विभिन्न महासंघका राष्ट्रिय टोलीलाई नियमित प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले ‘फिफा सिरिज’ कार्यक्रम सुरुआत गरेको छ । सोही अनुसार नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

यस प्रतियोगिताका खेल थाइल्यान्डको राचाबुरीस्थित राचाबुरी रंगशालामा आयोजना हुनेछन्। प्रतियोगितामा नेपालसहित कंगो, थाइल्यान्ड र ओएफसी क्षेत्रको एक टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताअन्तर्गत अप्रिल १२ मा पहिलो खेलमा नेपालले कंगोसँग प्रतिस्पर्धा गर्नेछ। सोही दिन दोस्रो खेलमा थाइल्यान्डले ओएफसी टोलीसँग खेल्नेछ । त्यसपछि अप्रिल १५ मा पहिलो खेलका विजेता र दोस्रो खेलका विजेताबीच फाइनल खेल हुनेछ भने पराजित टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

फिफा सिरिज विश्वभरका राष्ट्रिय टोलीहरूलाई ठूला प्रतियोगिताबाहेक पनि अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम हो ।

यसले टोलीहरूलाई प्रदर्शन सुधार गर्न, फिफा वरीयतामा अंक जोड्न तथा महादेशीय र विश्वस्तरीय प्रतियोगिताको तयारी गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *