काठमाण्डौँ । कोशी प्रदेश अन्तर्गत पर्ने मोरङ क्षेत्र नम्बर १ मा यस पटकको निर्वाचन प्रतिस्पर्धा रोचक बनेको छ। विगत तीन निर्वाचनमा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू र नेकपा एमाले कोशी प्रदेश अध्यक्षका घनश्याम खतिवडाबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको थियो । यस पटक लिम्बू मैदानमा छैनन् ।
कांग्रेसले उर्लाबारीका पूर्वमेयर खड्ग फागोलाई उम्मेदवार बनाएको छ भने एमालेका खतिवडा चौथो पटक चुनावी मैदानमा छन्। साथै राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य दलका उम्मेदवारले पनि चुनौती थपेका छन् ।
१ लाख २८ हजारभन्दा बढी मतदाता रहेको क्षेत्रमा एमाले र कांग्रेसबीच कडा टक्कर अपेक्षित भए पनि रास्वपा र श्रम संस्कृति पार्टीको बढ्दो प्रभावले समीकरण फेरिएको छ। अघिल्ला निर्वाचन परिणाम हेर्दा कहिले कांग्रेस त कहिले एमाले विजयी हुँदै आएका छन्, जसले यस पटकको प्रतिस्पर्धा अझ चासोपूर्ण बनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्