धादिङ बस दुर्घटनामा मृतक १९ पुगे, ९ जनाको सनाखत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ११

काठमाण्डौँ । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृतकमध्ये ९ जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गएराति बेनिघाट रोराङ गाउँपालिका–स्थित चरौंदी नजिक भैंसेडाँडामा ग.२ ख. १२३१ नम्बरको बस दुर्घटना भएको हो।

दुर्घटनामा घाइते २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार १४ जनाको राष्ट्रिय ट्रमा सेन्टर, १० जनाको नेशनल अस्पताल कलंकी र १ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म ९ जनाको सनाखत भएको छ भने बाँकीको पहिचान खुल्न बाँकी छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धादिङ प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएकाहरूको विवरण (सुधारिएको सूची) यसप्रकार छ:

१. Stewart Dominic Ethan, २४ वर्ष, पुरुष (ब्रिटिश नागरिक)
२. विवेक बस्नेत, ४० वर्ष, जिल्ला कास्की, पोखरा महानगरपालिका–३०
३. चन्द्र बहादुर ढेंकर, ६३ वर्ष, स्थायी ठेगाना: स्याङ्जा, वालिङ–१४; हाल: नागार्जुन नगरपालिका–६, काठमाडौं
४. ओम कुमार मल्ल, अन्दाजी ४० वर्ष, व्यास गाउँपालिका–४, तनहुँ
५. इन्जिनियर ढुंगाना, अन्दाजी ३० वर्ष, साविक सत्यदेवी–८; हाल त्रिपुरासुन्दरी गाउँपालिका–४, धादिङ
६. विष्णुमाया ढकाल, अन्दाजी ५५ वर्ष, शुक्लागण्डकी नगरपालिका–७, तनहुँ
७. लोमाङ गोले, अन्दाजी २९ वर्ष, बौद्ध टुसाल, काठमाडौं
८. हरि प्रसाद सिग्देल, अन्दाजी ४५/४६ वर्ष, भीमान नगरपालिका–६, तनहुँ
९. नबिन्द्र श्रेष्ठ, ५५ वर्ष, तानसेन नगरपालिका–१, पाल्पा
१०. नामथर नखुलेको, अन्दाजी ३०/३२ वर्ष, पुरुष (काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु)
११. नामथर नखुलेको, अन्दाजी ४५/५० वर्ष, पुरुष
१२. नामथर नखुलेको, अन्दाजी ३०/३२ वर्ष, पुरुष (दाहिने हातको नाडीमा “Roheeet” लेखिएको ट्याटु)
१३. नामथर नखुलेको, अन्दाजी १९/२० वर्ष, पुरुष (दाहिने हातको नाडीमा चंगेरो र गिटारको ट्याटु)
१४. नामथर नखुलेको, अन्दाजी २६/२७ वर्ष, महिला
१५. नामथर नखुलेको, अन्दाजी २६/२७ वर्ष, महिला
१६. नामथर नखुलेको, अन्दाजी ५०/५२ वर्ष, पुरुष
१७. नामथर नखुलेको, अन्दाजी ३४/३६ वर्ष, महिला
१८. नामथर नखुलेको, अन्दाजी ३० वर्ष, महिला
१९. नामथर नखुलेको, अन्दाजी ४५ वर्ष, महिला

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *