|
२०८२ फाल्गुन ११
काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा बालेन शाहले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गर्दै सुकुमवासी समस्यालाई प्राथमिकतामा राखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा उम्मेदवार शाहले ‘१०० दिनमा आयोग, १००० दिनमा समाधान’ नीति अघि सार्दै भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको दिगो समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने तथा कृषि आधुनिकीकरणलाई जोड दिने उल्लेख गरेका छन् । दमक अस्पताललाई ३०० शय्यामा स्तरोन्नति, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा सञ्चालन, कन्काई–रतुवा सिँचाइ योजना विस्तार र दमकलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजना पनि वाचापत्रमा समेटिएको छ ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्