कर्णालीका हिमाली जिल्लामा मौसम र बाटो निर्वाचन चुनौती बन्दै ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ११

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा कर्णालीका हिमाली जिल्लामा भने उमेदवार आफैँले पनि भोट हाल्न नपाउने अवस्था आउने देखिएको छ ।

कर्णालीको हुम्ला, मुगु र डोल्पामा बाक्लो हिमपातका कारण मतदाता र उमेदवार आफ्नो गाउँ पुग्न नपाउँदा मतदानबाटै वञ्चित हुने अवस्था देखिएको हो ।

सरकारले हिमाली जिल्लासहित देशभर एकै चरणमा निर्वाचन गर्ने गरी तयारी अन्तिम चरणमा पुर्‍याइसकेको छ । मतपत्रसहित निर्वाचन सामग्री पनि हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । तर, यी जिल्लामा मौसम प्रतिकूल देखिएको छ ।

हिमाली जिल्लामा चिसो छल्न अन्यत्र गएका मतदाता पनि घर फर्किन पाएका छैनन् । उमेदवार पनि प्रचार–प्रसारका लागि आफ्नै गाउँ जान पाएका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का तर्फबाट चुनावी मैदानमा होमिएकी टासी ल्हान्जोमले आफैँलाई भोट हाल्न नपाउने हो कि भन्ने अवस्था आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *