काठमाण्डौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा घाइते भएकालाई सरकारले उपचार तथा आजीवन सुविधा दिने घोषणा गरेसँगै नक्कली सिफारिस लिएर आउनेको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २५ सय ९९ जना घाइतेको सूचीमा सूचीकृत भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार पुस १० गतेसम्मको विवरण गृह मन्त्रालयमा पठाइसकिए पनि त्यसपछि पनि विभिन्न निकायबाट अपुग प्रमाणसहित सिफारिस आउने क्रम रोकिएको छैन । पुसमा १५० र माघमा ६० जना थप सिफारिस आएका छन्। अस्पतालमा भदौ २३ र २४ गते उपचार गरेको प्रमाणपत्र अनिवार्य भए पनि प्रमाण नदेखिँदा धेरैलाई अस्वीकृत गरिएको छ ।
नक्कली घाइते सूचीकृत हुँदा वास्तविक घाइते सुविधा पाउनबाट वञ्चित हुने भन्दै मन्त्रालयले अति गम्भीर, गम्भीर र मध्यम घाइतेलाई मात्र वर्गीकरण गरी अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्