कर्फ्यूका कारण रौटहट अदालतका सम्पूर्ण कामकारबाही स्थगित

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन १०, २०८२

काठमाण्डौँ । रौतहट जिल्ला अदालतका आज हुने सम्पूर्ण कामकारबाही स्थगित भएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले अर्को आदेश नभएसम्म गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेपछि अदालत प्रशासनले सूचना जारी गरेर आजका सम्पूर्ण काम कारबाही स्थगित गरिएको जानकारी दिएको हो ।

कुनै व्यक्ति आवतजावत गर्न, भेला सभा जुलुस तथा प्रदशर्न गर्न नपाउने गरी जारी भएको अनिश्चितकालीन कफ्र्यू आदेश जारी भएकाले अदालतको कामकारबाही पनि प्रभावित भएको सूचनामा उल्लेख छ ।

अदालतबाट प्रदान गरिने आजको सम्पूर्ण सेवा स्थगित रहने र तारिख तथा म्यादसमेत नगुज्रिने सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *