काठमाण्डौँ । सन्दीप लामिछाने बेलायतमा आयोजना हुने चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता द हन्ड्रेडको सन् २०२६ अक्सन सूचीमा परेका छन् ।
आगामी मार्च १२ मा हुने खेलाडी छनोट प्रक्रियाका लागि उनले आफ्नो न्यूनतम मूल्य ३१ हजार पाउण्ड (करिब ५३ लाख नेपाली रुपैयाँ) तोकेका छन् । यसअघि पनि द हन्ड्रेडमा छनोट भए तापनि भिसा सम्बन्धी प्राविधिक कारणले मैदान उत्रन नपाएका सन्दीपका लागि यसपटकको अक्सन विशेष अर्थ राख्छ ।
विश्वभरका चर्चित खेलाडीहरूबीच हुने कडा प्रतिस्पर्धामा उनको नाम पुनः सूचीकृत हुनु नेपाली क्रिकेटका लागि सकारात्मक संकेत मानिएको छ । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय लिगहरूमा देखिएको उनको प्रभावशाली लेग स्पिन र अनुभवलाई हेर्दा कुनै न कुनै फ्रेन्चाइज टोलीले उनलाई अनुबन्ध गर्ने सम्भावना बलियो देखिएको छ । अब सबैको ध्यान मार्च १२ को अक्सनतर्फ केन्द्रित भएको छ—के यसपटक सन्दीप द हन्ड्रेडमा डेब्यु गर्न सफल होलान ?

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्