|
२०८२ फाल्गुन १०
काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालका केही हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुने संभावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, कर्णाली, बागमती र कोशी प्रदेशका उच्च भूभागमा आंशिक बादल लागेको छ भने बाँकी हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ।
तराई भूभागमा मौसम प्रायः सफा रहनेछ।
बिहान तराईका केही स्थानमा हुस्सु र राति केही स्थानमा तुवाँलो लाग्ने सम्भावना छ। विभागले प्रभावित क्षेत्रका बासिन्दा र यातायात सेवा सञ्चालन गर्नेलाई सतर्क रहन आग्रह गरेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्